दुर्घटनामा मृतक संख्या सात पुग्यो, दुई जना भारतीय

दुर्घटनामा मृतक संख्या सात पुग्यो, दुई जना भारतीय

दार्चुलामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ । दुर्घटनामा मालिकार्जुन मन्दिरको जात्रामा सहभागी भएर गोकुलेश्वरतर्फ जाँदै गरेका जात्रालु परेको बताइन्छ । 

म.१ ज ३३८ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६, बगजेबलामा बिहान दुर्घटनाग्रस्त भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार छ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा ३० वर्षीय वीरेन्द्र रावल, २८ वर्षीया शान्ति रावल, ४५ वर्षीय दिलीप विष्ट,१५ वर्षीय संजिव बोहराको निधन भएको छ । त्यसैगरी दुई जना भारतीयको पनि ज्यान गएको छ । उत्तर प्रदेशको विजनौरका ४५ वर्षीय मोहमद सफिर र १८ वर्षीय मोहमद बसिमको निधन भएको हो । एक जनाको सनाखत हुन बाँकी छ ।

टिप्पणीहरू