उद्योग वाणिज्य महासंघको कार्यालयमा ‘महासंघ नवप्रवर्तन संवाद’
नेपाल उद्योग वाणिज्य महासंघले ‘महासंघ नवप्रवर्तन संवाद’ गर्ने भएको छ । महासंघले आगामी सोमबार उक्त कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिएको छ ।
काठमाडौंको टेकूस्थित महासंघ सचिवालयमा सञ्चालन गरिने कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको प्रमुख उपस्थिति हुनेछ ।
त्यस्तै, ‘प्रिपेरिङ बिजनेशज फर एनडीसी ग्रयाजुएशन थु्र इनोभेशन’ विषयलाई मुख्य आधार बनाई विभिन्न तीन वटा क्षेत्रमा विज्ञहरुसँग छुट्टाछुट्टै समूहगत छलफल गर्न लागिएको हो ।
सरकार तथा दातृ निकायका प्रतिनिधि, युवा तथा स्टार्टअप व्यवसायी, विद्यार्थी, सम्बन्धित उद्योगी व्यवसायी गरी झण्डै डेढ सय जनाको सहभागिता रहने अनुमान छ ।
टिप्पणीहरू