भारतीय सुरक्षा टोली हिजो साँझ दूतावासमा
नेपाल भ्रमणमा रहेको भारतीय सशस्त्र सीमा बल (एसएसबी) का महानिर्देशक अमृतमोहनप्रसाद नेतृत्वको टोली पशुपति मन्दिर पुगेको छ । आठौं नेपाल–भारत समन्वय बैठकमा सहभागी हुन आएको टोली पशुपति दर्शनका लागि बिहान साढे ९ बजे त्यहाँ गएको बताइन्छ ।
हिजो बिहान सशस्त्र मुख्यालयमा आयोजित बैठकमा भाग लिएको टोली दिउँसो सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर गृहमन्त्री रमेश लेखकलगायतसँग शिष्टाचार भेटवार्ता गरेको थियो । बिहान मेरियट होटलबाट हल्चोक जाने क्रममा टोली केहीबेर लैनचौरस्थित भारतीय दूतावास छिर्यो ।
साँझ काठमाडौंको वसन्तपुर दरबार क्षेत्रको अवलोकन गरेर फर्केपछि भारतीय टोली राति ७ बजे रात्रिभोजका लागि भारतीय दूतावास पुगेको थियो । शुक्रबार अपरान्ह काठमाडौं आइपुगेको एसएसबी टोलीको भोलि स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
भ्रमण टोलीमा महानिर्देशक मोहनप्रसादकी श्रीमती शिखा श्रीवास्तव,सीमा बलका आइपीएस आईजी नायर हसेन खान,आइजी दीपककुमार सिन्हा र विदेश मन्त्रालयका उपसचिव सकेता राजा म्युसिनिपाली छन् ।
टिप्पणीहरू