आधा लाख कार्यकर्ता सडकमा उत्रँदा ट्राफिक सुचारु हुने एमाले दाबी
नेकपा एमालेले राजधानीको सडकमा ५० हजार कार्यकर्ता उतार्ने भएको छ । एमालेले विधिको शासन र कानुनी राज्यको पक्षमा भोलि दिउँसो राजधानीमा कार्यकर्ता उत्रार्दै आमसभा गर्न लागेको छ ।
प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमका अनुसार जनतालाई जागरूक बनाउने उद्देश्यका साथ जनसभा आयोजना गर्न लागिएको हो । जनसभामा ५० हजार कार्यकर्ता सहभागी हुने बताइएको छ ।
राजधानीको सवारी आवागमनमा असर नपर्ने जनाउँदै दरबारमार्गमा सभा गर्न लागिएको एमाले दाबी छ । गौतमका अनुसार पुतलीसडक, लैनचौरतर्फका सडक खुल्ला हुनेछन् । भद्रकालीमा बिहान साढे ११ बजे भेला भएर वीर अस्पताल हुँदै जुलुस दरबारमार्ग पुगेपछि भाषण गरिने छ ।
सभालाई प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत केन्द्रीय नेताहरुले सम्बोधन गर्ने तयारी छ ।
टिप्पणीहरू