एमाले सांसदको कम्बोडियामा ससुराली देशका सभामुखसँग साउती
कम्बोडिया पुगेका एमाले सांसद तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले ‘एक पन्थ,दो काज’ भ्याएका छन् । एशियाली राजनीतिक दलहरुको अन्तर्राष्ट्रिय सम्मेलनले कम्बोडियाको राजधानी न्होम्पेन्हमा आजदेखि आयोजना गरेको १२ औं साधारण सभाका क्रममा उनले फिलिपिनो संसदका सभामुखसँग भेट गरेका हुन् ।
ढकालले आफूलाई एमाले उल्लेख नगरी सामाजिक सञ्जालमा सांसद तथा पूर्वमन्त्रीको हैसियत जनाउँदै फिलोपिनो सभामुख मार्टिन जि रोमुअल्देजसँग भेट गरेको फोटो पोष्टाएका छन् । उनले केन्द्रवादी लोकतान्त्रिक पार्टीहरुको अन्तर्राष्ट्रिय सम्मेलनको अवसरमा भेट भएको जनाउँदै आफूलाई नेपाल परिवार दलको संस्थापक भनेर चिनाएका हुन् ।
उनकी श्रीमती ब्लेसी गाडोन फिलिपिनो नागरिक हुन् । ढकाल बारम्बार फिलिपिन्स,दक्षिण कोरियालगायत मुलुक जाउआउ गरिरहन्छन् । उनीमाथि ‘होलीवाइन’ मच्चाएको आरोप लाग्दै आएको छ ।
कम्बोडियामा आजदेखि शुरु भएको साधारण सभामा नेपालबाट सत्तारुढ नेपाली काँग्रेस,एमालेलगायत विपक्षी दलहरु माओवादी केन्द्र,राप्रपाका नेताहरु पनि पुगेका छन् । मंसिर २ गते त्यहाँ पुगेका ढकालको १२ गते फर्कने कार्यक्रम छ ।
टिप्पणीहरू