निगमको उडानमा पाँच हजारसम्म छुट, ३३ जना बिरामीलाई दिल्ली यात्रा सित्तैं
नेपाल वायुसेवा निगम ले अन्तर्राष्ट्रिय उडानको भाडादरमा छुटको तयारी गरेको छ । हवाई भाडा बढेको गुनासोलाई सम्बोधन गर्दै छुट दिन लागिएको जनाइएको छ ।
निगमले नयाँ दिल्ली, मुम्बई र बैंगलोरका लागि दुई हजार पाँच सय र दोहा, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिता उडानमा पाँच हजारसम्म छुट दिन लागेको हो । तर उक्त छुट विमानको सिट उपलब्धताको आधारमा हुने जनाइएको छ ।
निगमले सामाजिक उत्तरदायित्व अन्तर्गत पछिल्लो तीन सातामा काठमाडौं–दिल्ली– काठमाडौं सेक्टरको हवाई भाडादरमा ३७ जना अर्बुदरोगका बिरामीलाई शतप्रतिशत र ३३ जना बिरामी कुरुवाहरूलाई ५० प्रतिशत छुटमा टिकट उपलब्ध गराएको जनाएको छ । सोही अवधिमा २१ जना सरकारी कर्मचारीहरूले १५ प्रतिशत छुट लिएका छन् ।
टिप्पणीहरू