हिजो मानार्थ सेनापति, अहिले मुक्तिनाथ

हिजो मानार्थ सेनापति, अहिले मुक्तिनाथ
सुन्नुहोस्

भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी पर्वतीय उडानमा जानुभएको छ । उहाँसहित आठ जनाको टोली नेपाली सेनाको कल साइन ०५८ अगुस्ता हेलिकोप्टरमा बिहान पौने ८ बजे काठमाडौंबाट हिमालतर्फ गएको बताइन्छ । 

नेपालको औपचारिक भ्रमणमा रहनुभएका द्विवेदीलाई हिजो मानार्थ प्रधान सेनापतिको दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो । राष्ट्रपति तथा सेनाका परमाधिपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा उक्त चिन्ह प्रदान गर्नुभएको हो ।

सेनाध्यक्ष द्विवेदी हिजो साँझ हनुमानढोका र वसन्तपुर दरबार क्षेत्रको अवलोकनमा जानुभएको थियो । अस्ति दिउँसो काठमाडौं आउनुभएका उहाँ साँझ पशुपतिनाथको दर्शन र त्यसपछि नेपाली समकक्षी प्रधानसेनापति अशोकराज सिग्देलले सरकारी निवास शशि भवनमा आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी हुनुभएको थियो ।

टिप्पणीहरू