एनपिएलमा गैरकानुनी कार्य गरेका चार भारतीय प्रहरी नियन्त्रणमा
नेपाल प्रिमियर लिग (एनपिएल)मा अनलाइनमार्फत बेटिङ गराउने चार जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चार जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा २४ वर्षीय सुमन भोज, २५ वर्षीय अमित यादव, २४ वर्षीय सुमन कुमार र २५ वर्षीय ब्रजेस कुमार छन् । उनीहरुले जारी एनपिएलको खेलमा विभिन्न व्यक्तिहरुबीच महंगो रकमको बेटिङ गराएको प्रहरीले जनाएको छ ।
सामान्यतयाः खेलको नतिजाको पूर्वानुमान गरेर विभिन्न टिमहरुमा मोटो रकमको बाजी थाप्नु नै बेटिङ हो । खेल एउटा मुलुकमा भए पनि विश्वको जुनसुकै ठाउँबाट बेटिङ लगाउन सकिन्छ । नेपालमा बेटिङ गर्नु र गराउनुलाई गैरकानुनी मानिन्छ ।
टिप्पणीहरू