भोलिदेखि चिसो बढ्ने मौसमी पूर्वानुमान
काठमाडौं उपत्यकालगायत मुलुकका पश्चिमी भागमा हिजो अस्तिझैँ आज दिउँसो चर्को घाम लागेन । भोलि साँझदेखि धेरैजसो भूमागमा बादल लाग्ने बताइएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र पश्चिमी न्यून चापीय प्रणालीको कारण नेपालका अधिकांश स्थानमा भोलि साँझ परेपछि आंशिकदेखि पूर्ण बदलीको सम्भावना छ । सो क्रममा सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हिउँ पर्नेछ ।
यता गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा पनि भोलि रातिदेखि हिमपातको सम्भावना देखिन्छ । काठमाडौंदेखि पश्चिमका पहाडी र तराईका जिल्लामा हल्का वर्षा हुने बताइन्छ ।
त्यसपछि मुलुकको सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र बागमतीका अधिकांश जिल्लामा जाडो बढ्ने महशाखाको अनुमान छ ।
टिप्पणीहरू