भारतबाट सेनापतिसङ्गै ९ जना फिर्ता
प्रधानसेनापति अशोकराज सिग्देल भारतको औपचारिक भ्रमण सकेर स्वदेश फर्किनुभएको छ । उहाँसहित १० सदस्यीय टोली एअर इण्डियाको उडान नम्बर एआई२१५७ बाट नयाँ दिल्ली हुँदै केही बेरअघि काठमाडौं आइपुगेको हो ।
टोलीमा धर्मपत्नी निता क्षेत्री सिग्देल, छोरा आशुतोष सिग्देल,उपरथी अनुपजंग थापा,सहायक रथी डा.नम्रता महरा रावल,सहायक रथी पूर्णबहादुर खत्री,प्रमुख सेनानी सुरज रावत, सेनानी राजेश श्रेष्ठ,भावना थापा र रेन्कु रेग्मी छन् । रथी प्रदिपजंग केसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा उहाँहरुलाई स्वागत गर्नुभएको थियो ।
सिग्देल गत मंसिर २५ गते भारत जानुभएको हो । भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा चार दिने भ्रमणका लागि नयाँ दिल्ली जानुभएका उहाँलाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले भारतीय सेनाको मानार्थ महारथी दर्जाबाट सुशोभित गर्नुभयो ।
टिप्पणीहरू