मीनबहादुरबाट एमालेले जग्गा लिन पाउने कि नपाउने ? आज टुंगो लाग्ने
भाटभटेनी सुपरस्टोरका मालिक मीनबहादुर गुरुङले सत्तारुढ नेकपा एमालेको केन्द्रीय कार्यालय बनाउन कीर्तिपुर नजिकै दान दिएको जग्गाको स्वामित्व विवादसम्बन्धी मुद्दामाथि सुनुुवाई जारी छ । मुद्दा सर्वोच्च अदालतका न्यायाधीशद्वय अब्दुजअजिज मुसलमान र बालकृष्ण ढकालको इजलास नम्बर १० मा परेको छ ।
अधिवक्ता ज्ञान बस्नेतले कात्तिक ७ गते दर्ता गरेको मुद्दामा १२ गते सुनिल पोख्रेलको इजलासबाट अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो । त्यसयता आठ पटक पेशी तोकिए पनि हेर्न नभ्याइनेमा पर्दै आयो ।
एमालेलाई जग्गा दान दिने निर्णय अन्तरिम आदेशमार्फत बदरको माग गर्दै पेश भएको रिट शुरुमा सर्वोच्च प्रशासनले दरपीठ गरेको थियो । दरपीठविरुद्ध निवेदन परेपछि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले दर्ता गर्न आदेश दियो ।
प्रधानमन्त्रीको रुपमा सार्वजनिक पद धारण गरेको व्यक्तिले जग्गा दान लिनु भ्रष्टाचार निवारण ऐन र राजनीतिक दलसम्बन्धी ऐन विपरीत भएको जिकिर रिटमा गरिएको छ । काठमाडौँको कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा आधा अर्ब बढी मूल्य पर्ने जमिन दान गरेर पार्टी कार्यालय भवन पनि बनाउने घोषणा गरिएको थियो ।
२२ गते पूर्व रास्ट्रपति बिद्यादेवी भण्डारीले पुरानै मुख्यालय बल्खूमा कार्यालय खडा गर्नु उपयुक्त हुने धारणा राखेलगत्तै असोज २५ गते गुरुङलाई समेत उपस्थित गराई प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुरमा भवन शिलान्यास गर्नुभएको थियो ।
टिप्पणीहरू