भारत र मलेसियाका लागि राजदूत नियुक्त
भारत र मलेसियाको लागि नेपाली राजदूत नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज भारतका लागि डा. शंकरप्रसाद शर्मा र मलेसियाको लागि डा. नेत्रप्रसाद तिम्सिनालाई राजदूत नियुक्त गर्नुभएको हो ।
मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा २८२ को उपधार (१) बमोजिम राष्ट्रपति पौडेलले उनीहरुलाई राजदूत नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
सरकारले गत साउनमा भारत, मलेसियासहित १८ देशका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो । संसदीय सुनुवाईपछि नियुक्ति प्रक्रिया अघि बढेको हो ।
टिप्पणीहरू