प्राधिकरणमा एक हजार बढीलाई रोजगारीको अवसर
नेपाल विद्युत् प्राधिकरणले एकै पटक एक हजारभन्दा बढी संख्यामा विज्ञापन गरेको छ । अधिकृततर्फ १९५ जना र सहायकस्तरका ८३८ जनाको निम्ति विज्ञापन प्रकाशित गरेको छ ।
लिखित परीक्षा लोकसेवा आयोगले लिने उक्त विज्ञापनमा सहभागी हुन इच्छुकलाई पुस २५ गतेसम्म आवदेन म्याद तोकिएको छ । दोब्बर दस्तुर तिर्नेलाई माघ ३ गतेसम्म अन्तिम मिति बताइएको छ ।
दरखास्त दिने अन्तिम दिन आगामी पुस २५ गते रहेको छ भने दोब्बर दस्तुर तिरेर माघ ३ गतेसम्म आवेदन दिन सकिने छ । अधिकृतस्तर तह ८ वा त्यसभन्दा माथिका पदका लागि दरखास्त दिने अन्तिम मितिसम्म्मा २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको र तह ७ को पदमा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । तर, महिला र अपाङ्गता भएका उम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ । सहायक स्तर तह –५ को पदमा १८ वर्ष पूरा भई ३५ ननाघेकाले आवेदन दिन सक्नेछन् । महिला र अपाङ्गता भएका उम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने छ । प्राधिकरणमा कार्यरत स्थायी कर्मचारीलाई भने उमेरको हद लाग्ने छैन ।
प्राधिकरणले सबैभन्दा बढी इलेक्ट्रिकल इन्जिनियर सातौं तहमा ६२ जना मागेको छ । प्रशासनतर्फ प्रशासकीय अधिकृत तह ७ मा ३८ जना विज्ञापन गरिएको हो ।
अधिकृत स्तरका कर्मचारीले मुलुकको जुनसुकै भागमा रहेको कार्यालयमा काम गर्नुपर्ने छ । सहायक स्तरका कर्मचारीले आवेदन फाराम बुझाएको प्रदेशअन्तर्गतका कार्यालयमा काम गर्नुपर्ने छ ।
टिप्पणीहरू