जिबीको आजै, रवि र छविको पालो पर्सि
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिबी राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आज जिल्ला अदालतमा एक अर्ब ५१ करोड ४० लाख १९ हजार बिगो माग गर्दै अभियोगपत्र दर्ता गरेको छ ।
हदम्याद नभएकाले यसअघि नै मुद्दा चलेकाविरुद्ध पूरक अभियोग दर्ता गरिएको जिल्ला सरकारी वकीलको कार्यालयकी सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिइन् । उनका अनुसार अघिल्लो मुद्दामा एक अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो कायम भएको थियो । तर, अहिलेको ४० करोड २० लाख ७६ हजार बिगो थप गर्दै ८ देखि १० वर्ष कैद सजाय माग गरिएको छ ।
सहकारी ठगी प्रकरणमै प्रक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्वडिआइजी छविलाल जोशी, नेचर हब्र्सका रामबहादुर खनाल, जिबीकी प्रेमिका लिला पछाईविरुद्ध भने आइतबार अभियोग दर्ता हुने सहायक जिल्ला न्यायाधिवक्ता शर्माले बताइन् ।
आज अभियोग दर्ता गरिएकामध्ये अधिकांश फरार छन् । रवि र छवि क्रमशः कात्तिक र असोजदेखि कास्की प्रहरीको हिरासतमा छन् ।
टिप्पणीहरू