सुनसरीका तीन स्थानमा शंकास्पद वस्तु, निस्क्रिय बनाउँदै सेना
सुनसरीका विभिन्न स्थानमा शंकास्पद वस्तु फेला परेको छ । इटहरी उपमहानगरपालिका कार्यालयको प्रवेशद्वार, बूढी खोलाको पुल र धरान नजिकैको भोटे पुलमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।
बम भएको आशंकामा सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाउन थालेको छ । बिहान फेला परेका ती शंकास्पद वस्तुमध्ये उपमहानगरपालिकाको गेट नजिकैको शंकास्पद वस्तुलाई निष्क्रिय बनाइएको छ ।
अन्य स्थानको शंकास्पद वस्तु निष्क्रिय बनाउन लागिएको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू