सिंहदरबार नजिकै प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध थापाथली हाइटमा नाराबाजी भएको छ ।
एमालेबाट निकालिएका डाक्टर भीमबहादुर रावलले आज पत्रकार सम्मेलन आयोजना गरेको कार्की ब्याङ्क्वेट परिसरमा ओलीको विरोधमा नारा लागेको हो । पत्रकार सम्मलेन सकिएलगत्तै रावल समर्थकहरुले ‘केपी चोर देश छोड्’, ‘केपी ओली मूर्दावाद’, ‘भीम रावल जिन्दावाद’ भन्दै चर्को नाराबाजी गरे ।
त्यसअघि पत्रकार सम्मेलनमा रावलले प्रधानमन्त्री तथा अध्यक्ष ओलीमाथि प्रश्नैप्रश्नको वर्षा गरेका थिए । निरङ्कुश, तानाशाही चरित्रका ओलीले आफ्नो सदस्यता खाइदिएको बताउँदै उनले नयाँ दल खोल्ने घोषणा पनि गरेका छन् ।
तत्कालै मातृभूमी जागरण अभियान सञ्चालन गर्ने र क्रमश: पार्टी गठन गर्ने रावलको योजना छ । ‘देशमा देशभक्तिपूर्ण राजनीतिक शक्ति निर्माण अपरिहार्य आवश्यक छ', उनले भनेका छन्, 'यसैका निम्ति हाम्रो पाइला अघि बढ्ने छ ।’
टिप्पणीहरू