महालेखाको टोली बसुञ्जेल बिदा स्वीकृत नहुने

महालेखाको टोली बसुञ्जेल बिदा स्वीकृत नहुने

काठमाडौं महानगरपालिकाले कर्मचारीहरुलाई अति जरुरी काममा बाहेक बिदामा नबस्न निर्देशन दिएको छ । महानगरले महालेखा परीक्षकको कार्यालयले अन्तिम लेखापरीक्षण गर्ने समयावधिमा बिदामा नबस्न परिपत्र नै जारी गरेको छ ।

महानगरको आर्थिक वर्ष २०८०–०८१ को अन्तिम लेखा परीक्षण कार्य सम्पन्न नभएसम्म सबै विभागीय प्रमुख, वडा सचिव, लेखा तथा राजस्व हेर्ने कर्मचारीहरुलाई बिदामा नबस्न र सम्बन्धित अधिकारीलाई बिदा स्वीकृत नगर्न नगराउन निर्देशन दिइएको बताइएको छ ।

भनिएको छ, ‘काठमाडौं महानगरपालिकाको आव २०८०–०८१ को अन्तिम लेखा परीक्षण गर्ने कार्यको अवधिभर सबै विभागीय प्रमुख र खर्च तथा कार्यक्रममा संलग्न जिम्मेवार कर्मचारी तथा सबै वडा सचिव, लेखा प्रमुख, राजस्व हेर्ने कर्मचारीहरुले आव ०८०–०८१ को अन्तिम लेखा परीक्षण गर्ने कार्य सम्पन्न नभएसम्मको अवधिमा बिदा नबस्नु र सम्बन्धित अधिकारीले स्वीकृत नगर्न नगराउनुहुन यसै पत्रबाट जानकारी गराइन्छ ।’

टिप्पणीहरू