आजदेखि माधवनारायण मेला, साँखुमा भक्तजनको घुईंचो
आजदेखि एक महिनासम्म काठमाडौंको साँखुस्थित शालिनदीमा माघस्नानसहित माधवनारायणको मेला शुरु भएको छ । माघ महिनामा शालिनदीमा स्नान गरेर माधवनारायणको दर्शन गरेमा पुण्य प्राप्त हुने विश्वास छ ।
चन्द्रमास अनुसार माघ महिनालाई विशेष रुपमा धार्मिक रुपले छुट्याइएको छ । आज पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म स्वस्थानी ब्रतकथा वाचन गरिन्छ ।
सतीदेवीको अंग पतन भएको ठाउँमा शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा देवीदेवताको बास रहेको विश्वासका आधारमा उक्त परम्परा थालनी भएको हो ।
स्वस्थानी ब्रतकथा धेरैजसो महिलाले लिने गर्छन् । बिहान माघ स्नान गरी मध्यान्हकालमा महादेवको पूजा आरधना गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ महात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी ब्रत कथा सुन्ने सुनाउने परम्परा छ ।
सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको ब्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ ।
टिप्पणीहरू