मनाङमा हिमपात, स्थानीय दङ्ग
मनाङमा यो वर्षको पहिलो हिमपात भएको छ । अघिल्ला वर्षहरुमा प्रायः मंसिरमा हुने गरेको हिमपात यो वर्ष पुसको अन्तिम दिन भएको छ ।
हिमपातपछि स्थानीय खुशी भएका छन् । हिमाली भेगमा हिमपातले कृषि उत्पादन, जडिबुटी उत्पादन राम्रो हुने, पानीको स्रोतमा समस्या नआउने स्थानीयको भनाई छ ।
आजको हिमपात मनाङको माथिल्लो भागमा भएको हो । तल्लो भेगमा अझै हिउँ परेको छैन ।
टिप्पणीहरू