कुममा फुली लगाइदिएपछि निजी सुविधा छाड्न सल्लाह

कुममा फुली लगाइदिएपछि निजी सुविधा छाड्न सल्लाह

प्रहरी नायव महानिरीक्षक (डिआईजी) बाट अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका कुवेर कडायत र रविन्द्र केसीसहित आठ जनालाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहमा उनीहरुलाई दज्र्यानी चिन्ह लगाइदिएका हुन् ।

कडायत र केसी गत शुक्रबार एआईजीमा बढुवा भएका हुन् । हिजो गृहमन्त्रीस्तरीय निर्णयबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट डिआईजीमा पाँच र प्राविधिकतर्फ प्रहरी उपरीक्षक (एसपी) बाट एसएसपीमा एक जना बढुवा भएका थिए ।

ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया डिआईजी तथा लालबाबु गिरी प्राविधिक एसएसपीमा बढुवा भएका हुन् । फुली लगाएका र त्यहाँ उपस्थित सबैलाई प्रहरी महानिरीक्षक कुँवरले व्यक्तिगत सुविधा र खुशीभन्दा माथि बस्न निर्देशन दिएका छन् ।

टिप्पणीहरू