किन हट्दैन हनुमानढोकाको त्यो प्रहरी भवन
ऐतिहासिक हनुमानढोका दरबार परिसरस्थित तत्कालीन जिल्ला प्रहरी परिसर, काठमाडौंको पुरानो भवन पुरातत्व विभागसहित स्थानीयका लागि टाउको दुखाईको विषय बनेको छ । कालभैरवको मूर्तिसँगै रहेको जीर्ण भवन हटाउन प्रहरीले अटेर गरको आरोप छ ।
वि.सं.२०७२ वैशाख १२ को महाभूकम्पले चिराचिरा पारको भवन भत्काउन आनाकानी भइरहेको बताइन्छ । बस्नयोग्य नभएको भवन भत्काउन पटकपटक ताकेता भएपनि प्रहरीले नमानेको स्थानीय बताउँछन्। एक वर्षदेखि विभागले प्रहरीलाई निरन्तर ताकेता गरिरहेको छ । करिब तीन रोपनी क्षेत्रफलमा फैलिएको उक्त भवनमा साना–ठूला गरी पाँच वटा संरचना छन्। वि.सं. २०१२ सालदेखि हनुमानढोकामा बसेको परिसर भूकम्पपछि टेकु सरको थियो।
इँटाको पर्खालले घेरिएको परिसर भत्किएमा ठूलो मानवीय क्षति हुने स्थानीयहरू बताउँछन्। प्रहरी परिसर भद्रकालीस्थित सुविधासम्पन्न भवनमा सरको छ । नयाँ भवनमा सररे कार्यसम्पादन गरिरहेको प्रहरीले नागरिकको सुरक्षालाई बेवास्ता गरको स्थानीयको आरोप छ । जीर्ण भवनका कारण असुरक्षा भएको भन्दै स्थानीयसहित सम्पदा संरक्षण महाअभियानलगायत नागरिक समाज, विभिन्न संघसंस्थाले हनुमानढोका दरबार हेरचाह अड्डामा निवेदन दिएका थिए । अड्डाले बेवास्ता गरपछि पुरातत्व विभाग गुहारे। माघ २८ गते विभागले भवनसम्बन्धी विवरण माग्यो। ‘उपयुक्त विषयमा सम्पदा संरक्षण महाअभियानलगायतका विभिन्न संघसंस्थाबाट निवेदन प्राप्त भएबमोजिम यस विभागबाट स्थलगत अनुगमन हुँदा हनुमानढोका दरबार संरक्षित स्मारक क्षेत्रमा अवस्थित त्यहाँ प्रहरी परिसरको पुरानो भवन २०७२ सालको भूकम्पलगायतका कारण हाल जीर्ण एवं जोखिमपूर्ण अवस्थामा देखिन आएको छ’, पत्रमा भनिएको छ, ‘उक्त संरक्षित स्मारक क्षेत्रका लागि लागु गरिएको संरक्षण एवं निर्माणसम्बन्धी मापदण्डबमोजिम समेत नरहेको सो जीर्ण एवं जोखिमपूर्ण संरचना के–कसरी कुन निकायसँग समन्वय गरी कुन मोडालिटीमा भत्काउन वा अन्य कुनै तरिकाबाट व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा आवश्यक राय यथाशीघ्र उपलब्ध गराइदिनुहुन मिति २०८०–१०–२८ को विभागीय निर्णयानुसार अनुरोध गर्दछु।’ परिसरले विभागलाई जवाफ पठायो।
विभागको टोलीले जीर्ण भवनको स्थलगत अनुगमन गर्यो। निरीक्षणको क्रममा भवन जोखिमपूर्ण रहेको पाइएपछि भत्काउन निर्देशन दिइयो। तर, प्रहरीले यसलाई म्युजियम बनाउने अड्डी कसेको छ । विभागले सो भवन व्यवस्थापन गर्न प्रहरीलाई पत्राचार गरको भन्दै गत मंसिर २० गते सम्पदाप्रेमी यादवलाल कायस्थलाई जवाफ पठाएको छ । पुरातत्व अधिकृत देवेन्द्र भट्टराईद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘नेपाल प्रहरी बस्दै आएको उक्त परिसरमा रहेको सबै संरचना सो क्षेत्रमा लागू गरिएको मापदण्डविपरीत एवं हाल भूकम्पले जीर्ण अवस्थामा रहेको हुँदा सम्बन्धित सम्पूर्ण निकायहरूबीचको आपसी समन्वयमा यथाशीघ्र भत्काउनुपर्ने विभागको धारणा रहेको छ ।’ विभागकी महानिर्देशक सौभाग्य प्रधानांगले भवन भत्काउन पटकपटक प्रहरीलाई ताकेता गरिसकेको बताइन्। विभागबाट पनि भवन भत्काउनका निम्ति पहल भइरहेको उनको भनाइ छ ।
‘स्थानीयले जीर्ण भवनले धराप भयो भनेर गुनासो गर्नुभएको थियो। भवनको अवस्थाबार प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत गृह मन्त्रालयमा पठायौं । त्यसपछि सचिवज्यूले बैठक बोलाउनुभयो। बारम्बार सो विषयमा छलफल भइसकेको छ । भवन भत्काउन विभागबाट पटकपटक ताकेता गरिएको छ । तर, अहिलेसम्म पनि भत्काइएको छैन । प्रहरीको केही आन्तरिक कारण भएर हो कि !’ उनले भनिन्। प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी विभागसँग समन्वय भइरहेको बताउँछन्। उनले भने, ‘म भर्खर आएको हुँ। त्यसबार ठ्याक्कै जानकारी भएन । विभागसँग समन्वय भइरहेको हुनुपर्छ ।’, सम्पदाप्रेमी कायस्थ रेड स्टिकर टाँसिएको भवन हटाउन आनाकानी भइरहेको गुनासो गर्छन्। सो भवनले ठूलै दुर्घटना हुनसक्ने उनको जिकिर छ । हनुमानढोकामा स्वदेशी–विदेशी अध्ययन, अनुसन्धान र भ्रमणका लागि आइरहने उल्लेख गर्दै उनले सो भवनले सम्पदा क्षेत्र नै कुरूप बनेको बताए ।
भन्छन्, ‘सर्वसाधारणको घर नक्सा पास भएन भने भत्काउँछन्। त्यो भवन मापदण्डविपरीत छ भनेर त विभागले नै ठहर गरिसकेको छ । तर, सम्पदा क्षेत्रमा जोखिमपूर्ण भवन हुँदा पनि भत्काउन चासो देखाइएको छैन । भूकम्पपछि त्यस भवनमा रेड स्टिकर टाँसिएको छ । मैले विभिन्न निकायमा निवेदन दिइसकें । नयाँ गृहमन्त्री र संस्कृतिमन्त्री आएपिच्छे ज्ञापनपत्र बुझाउँछु। तैपनि बेवास्ता गरिरहनुभएको छ । भवन भत्कियो भने ठूलो धनजनको क्षति हुन्छ ।’ सो भवन भत्काउनुपर्ने उल्लेख भएको अध्ययन प्रतिवेदन विभागले सार्वजनिक गरिसकेको छ । भवन व्यवस्थापनका लागि महानगरको ध्यानाकर्षण पनि गराइएको छ ।
टिप्पणीहरू