प्रधानमन्त्री ओलीले आफ्नै सचिवहरुलाई आतंककारी भनेपछि...

(गोप्य छलफलको अडियोसहित)

प्रधानमन्त्री ओलीले आफ्नै सचिवहरुलाई आतंककारी भनेपछि...
सुन्नुहोस्

नेकपा (एमाले)का सचिव लेखराज भट्टको एउटा अडियो अहिले भित्रभित्रै भाइरल भइरहेको छ । कैलालीको अत्तरियास्थित निवासमा एमालेमा रहेका पूर्वमाओवादी कार्यकर्तासँगको छलफलका क्रममा भट्टले गरेको गुनासोको अडियो भाइरल भएको हो । 

गत पुस २१ गतेदेखि तीन दिनसम्म चलेको आठौं केन्द्रीय कमिटी बैठकमा पूर्वमाओवादीहरूले एमालेमा हेपिएको गुनासो गरिरहेको अवस्थामा भट्टले पनि अनेक पीडा पोखेको अडियो आएको हो । 

जसमा उनले एमाले अध्यक्ष केपी शर्मा‌ ओलीले आफूहरू बसेकै मञ्चमा माओवादीलाई आतंककारी र अपराधी भनेको गुनासो गरेका छन् ।

आफू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग लडेर आएकाले अहिले नै ओलीसँग लड्दा समस्या हुने पनि उनले बताएका छन् । अर्थात् उनले पनि आफूहरू एमालेमा हेपिएर अपमानित भएर बस्नुपरेको गुनासो पोखेका छन् । 

मार्क्सिस्ट हुँ भन्छ । मबाहेक अरु कोही छैन भन्छ । या त मैले अन्य पार्टी खोल्नुपर्यो कि त सन्यास लिनुपर्यो । अहिले नै केपीसँग जुध्ने हो भने त समस्या आइहाल्छ,अहिले बेलै भएको छैन। भर्खर हामी आएका हौँ,उहाँले हामीलाई राम्रोसँग बुझ्नु भएको छैन । तर हामीले त बुझिसकेका छौँ । टोपबहादुर भित्र पसेको थाहै छ ।

के भने लेखराजले ? 

...को अध्यक्षका लागि कुरा त गरेकै हो, रिपोर्ट पनि गरिएकै हो । तर नेतृत्वले त्यसलाई गम्भीरतापूर्वक लिएन । यो समस्या हामीमा छ । मलाई के हो त भन्दा प्रचण्डसँग जुधेको जस्तो म अहिले केपीसँग जुध्न सक्दिनँ । किन भने त्यहाँ लडेर आइएको छ, यहाँ केपी भनिएको छ,नेतृत्व स्वीकारिएको छ । अहिल्यै लड्दा भोलि नेतृत्वले त्यसलाई नेगेटिभ लिएर समस्या हुन्छ । 

हाम्रो (एमालेमा)  त म भन्ने छ नि त अहंकार नेताहरूमा म । मार्क्सिस्ट हुँ भन्छ । मबाहेक अरु कोही छैन भन्छ । या त मैले अन्य पार्टी खोल्नुपर्यो कि त सन्यास लिनुपर्यो । अहिले नै केपीसँग जुध्ने हो भने त समस्या आइहाल्छ,अहिले बेलै भएको छैन। भर्खर हामी आएका हौँ,उहाँले हामीलाई राम्रोसँग बुझ्नु भएको छैन । तर हामीले त बुझिसकेका छौँ । 

अहिले टोपबहादुर भित्र पस्नु भयो । खासगरी के भन्ने जिम्मेवार मान्छेले लेख्या लेख्यै छन् । म ठूलै अपराध गरेर यहाँ बस्न आए जस्तो लेखिरहन्छन् । (अर्का व्यक्तिले पृष्ठभूमिमा भने-शेरबहादुर तामाङ बोलिरहेका छन् ।

कहिले अध्यक्ष र मञ्चमा हामी छौँ, आतंककारी भनिदिनुहुन्छ हामीलाई । अपराधी र हत्यारा भनिदिनु हुन्छ हामीलाई । तर हामी अहिले पनि गर्व गर्छौँ । जनयुद्ध नभएको भए आज केपी शर्मा ओलीले पनि त्यसरी बोल्न सक्नु हुन्नथ्यो । त्यो ठाउँ उहाँले पाउनु हुन्थेन ।

टिप्पणीहरू