लुम्बिनी र सुदूरपश्चिममा लगातार दुई दिन बिदा

लुम्बिनी र सुदूरपश्चिममा लगातार दुई दिन बिदा

लुम्बिनी प्रदेश सरकारले पर्सि पनि सार्वजनिक बिदा दिएको छ । थारु समुदायको प्रमुख चाड माघी (माघे संक्रान्ति) पर्वको अवसरमा प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । 

प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०८०–१२–२० गतेको निर्णयानुसार २०८१ माघ २ गते बुधबार माघी–माघे संक्रान्तिको अवसरमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराइएको छ । यता, संघीय सरकारले भोलि माघ १ गते राष्ट्रिय पर्वको रुपमा सार्वजनिक बिदा दिएको छ ।

सुदूर पश्चिम प्रदेश सरकारले आज माघी बिदा दिएको छ । भोलि संघीय सरकारको बिदाका कारण त्यहाँ आज र भोलि लगातार दुई दिन बिदा परेको हो ।

टिप्पणीहरू