नेपाली भाषामै भजन सुनाउँदा सुनमा सुगन्ध

नेपाली भाषामै भजन सुनाउँदा सुनमा सुगन्ध
सुन्नुहोस्

संघीय राजधानी काठमाडौंमा अवस्थित हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण ऐतिहासिक मन्दिर पशुपतिनाथमा दक्षिण भारतीय पूजारी (भट्ट) हुने चलन छ । मुख्य पुजारी र सहायक पूजारी (भट्ट) हरु भारतीय हुन् । 

भारतीय भट्ट र उनका सहयोगीहरुले नेपाली दर्शनार्थीहरुलाई समेत हिन्दी भाषामै खटनपटन गर्दा केहीअघि पशुपतिनाथको दर्शन गरेर फर्किएका एकजना चितवनवासीले खिन्नता प्रकट गरेका छन् । अर्कोतर्फ पशुपतिनाथमा हुने साँझको आरतीमा समेत नेपालीभन्दा हिन्दी भाषाकै भजन बढी गुञ्जिँदै आएको छ । 

नेपालका अन्य मठ–मन्दिरमा पनि विभिन्न भेष र आवरणमा प्रायः विदेशीकै रजगज चल्ने गरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलोचोटि प्रधानमन्त्री भएका बेला पशुपतिमा नेपाली पुजारीको प्रयास गरिएको थियो ।

टिप्पणीहरू