दिन एक, पर्व अनेक

दिन एक, पर्व अनेक फाइल फाेटाे
सुन्नुहोस्

माघ १ गते आजको दिनलाई नेपाली समाजमा विभिन्न ढंगले मनाईंदै छ । आजदेखि सूर्य उत्तरायण हुने भएकाले जाडो कम हुँदै जाने धार्मिक विश्वास छ । माघे संक्रान्ति तथा मकर संक्रान्तिको नामले चिनिने आजको दिनलाई लिम्बू समुदायले नयाँ वर्षको रुपमा मनाउँछन् । 

थारु समुदायमा माघी पर्व विशेष रुपले मनाइन्छ । खस, ब्राम्हण तथा नेवार समुदायले पनि आजको दिनलाई घिउ, चाकु, खिचडी, तरुल, सखरखण्ड खाएर मनाउँछन् ।

किरात लिम्बू समुदायले कुसङ यले तङबेका रूपमा आज नयाँ वर्ष मनाउँदै छन् । आजदेखि यले तङबे ५०८५ शुरू भएको बताइन्छ । यो संवत् किराती राजा यलम्बरले शासन सुरू गरेपछि मनाउन थालिएको मान्यता छ ।

हिन्दु धर्मावलम्बीहरु आज देवघाट, त्रिवेणी धाम, रिडी, बराह क्षेत्रलगायत विभिन्न धार्मिक स्थलमा गएर स्नान गर्दै मकर संक्रान्ति मनाउँछन् । सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

टिप्पणीहरू