निफमा ४० देशका ८७ फिल्म देखाइने

निफमा ४० देशका ८७ फिल्म देखाइने

नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ)मा ४० देशका ८७ वटा फिल्म प्रदर्शन गरिने भएको छ । 

आयोजक संस्था नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले महोत्सवमा देखाइने चलचित्रको सर्टलिस्ट सार्वजनिक गर्दै सो जानकारी गराएको हो । आगामी चैत ७ देखि ११ गतेसम्म चल्ने महोत्सवमा भारत, चीन, क्यानडा, सिंगापुर, ब्राजिल, इरान, बंगालादेश, बेल्जियम, न्युजील्याण्ड लगायत देशका चलचित्र र कलाकारहरुले सहभागिता जनाउँदैछन् । 

दर्शकहरुले सिभिल मल र छायाँ सेन्टरमा आफ्नो अनुकूल चलचित्र हेर्न सक्ने आयोजकले जनाएको छ । त्यस्तै, पर्यटन बोर्ड र राष्ट्रिय सभा गृहमा विभिन्न छलफलका सत्रहरु सञ्चालन हुने बताइएको छ । 

महोत्सवको अन्त्यमा एउटा उत्कृष्ट चलचित्रले गौतम बुद्ध अवार्डसहित १५ सय अमेरिकी डलर पाउनेछ । त्यस्तै, उत्कृष्ट वृत्त चलचित्रले एक हजार डलर र उत्कृष्ट लघु चलचित्रलले पाँच सय डलर पाउनेछन् ।
 

टिप्पणीहरू