उत्तर प्रदेशका सबै मन्त्री डुब्दै
भारतीय राज्य उत्तर प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रिमण्डलका पूरै सदस्यहरुले आज महाकुम्भ मेलामा डुबुल्की मार्दैछन् । मुख्यमन्त्री योगी आदित्यनाथ आज आफ्नो मन्त्रिमण्डलका सदस्यहरुसँगै प्रयागराज पुगेर त्रिवेणीधाममा नुहाउने कार्यक्रम छ ।
प्रदेश मन्त्रिमण्डलको बैठकपछि नुहाउने र पूजा–अर्चना गर्ने बताइएको छ ।
टिप्पणीहरू