चिसोका कारण प्रधानमन्त्रीका सबै कार्यक्रम रध्द
२४औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित हुनुभएको छ ।
सशस्त्र मुख्यालयमा आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री प्रमुख अतिथि रहने पूर्वनिर्धारित कार्यक्रम थियो । तर,स्वास्थ्यमा समस्या देखिएको भन्दै ओलीले अन्तिम समयमा कार्यक्रम स्थगित गरेको बताइएको छ ।
होसार र विभिन्न सभा-समारोहउद्घाटन लगायत सार्वजनिक मन्चहरुमा उहाँको उपस्थिति विगतमा भन्दा निकै कम देखिने गरेको छ ।
सोका कारण स्वर भासिएको र भाषण गर्न समस्या हुने भएकाले हल्चोक नगएको बुझिएको छ । आजका लागि पूर्वनिर्धारित अन्य भेटघाटका कार्यक्रम पनि स्थगित गरेर अहिले उहाँ निवासमै आराम गरिरहनुभएको जानकारी प्राप्त भएको छ ।
त्यसो त, पछिल्लो समय प्रधानमन्त्री ओली पार्टीका बैठक र केही सरकारी कार्यक्रममा बाहेक खासै बाहिर देखिनुभएको छैन । ल्होसार र विभिन्न सभा-समारोहउद्घाटन लगायत सार्वजनिक मन्चहरुमा उहाँको उपस्थिति विगतमा भन्दा निकै कम देखिने गरेको छ ।
आफू सहभागी कार्यक्रममा होहल्ला र हुटिङ हुने गरेकाले पनि ओलीले उपस्थिति घटाएको अनुमान गरिन्छ । त्यस्तै, माइक भेट्नेबित्तिक्कै विपक्षीमाथि कटाक्ष गर्ने उहाँको कार्यशैली सत्ता साझेदार नेपाली कांग्रेसले मन नपराउने भएकाले पनि सार्वजनिक कार्यक्रममा धेरै जोड नगरेको कतिपयको बुझाई छ ।
यद्यपि, सशस्त्रको कार्यक्रममा 'सेलेक्टेड' मान्छे सहभागी हुने भएकाले प्रधानमन्त्रीविरुद्ध नाराबाजी हुने अवस्था भने थिएन ।
टिप्पणीहरू