चिसो बढेपछि विद्यालय बन्द
नेपालगञ्जमा जाडो बढेसँगै पठनपाठन प्रभावित भएको छ । शीतलहर र बाक्लो हुस्सुका कारण केही दिनयता चिसो बढेको र विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछि विद्यालय बन्द गरिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरका अनुसार आजदेखि माघ ११ गतेसम्मका लागि उपमहानगरभित्र सञ्चालित सम्पूर्ण विद्यालयहरुमा पठनपाठन अनिवार्य रुपमा बन्द गराइएको छ ।
‘तराई क्षेत्रमा चलिरहेको शीतलहरका कारण अत्याधिक चिसो भएकाले नेपालगञ्ज उपमहानगरपालिका नगर प्रमुखज्यूको आदेशानुसार मिति २०८१–१०–९ देखि ११ गतेसम्म तीन दिनका लागि उपमहानगरभित्र सञ्चालनमा रहेको सबै प्रकारका विद्यालयहरुमा पठनपठान अनिवार्य रुपमा बन्द गर्न अनुरोध छ,’ महानगरले विद्यालयहरुलाई लेखेको पत्रमा उल्लेख छ ।
टिप्पणीहरू