निर्वाचन आयोगको दैलोमा अभियन्ताको जुलुस
निर्वाचनमा दलितको प्रतिनिधित्व सुनिश्चित गराउन सरकारलाई दबाब दिँदै आएका दलित अभियन्ताले निर्वाचन आयोगमा धर्ना दिएका छन् ।
'दलितका लागि दलित अभियान' को अगुवाइमा आज दिउँसो कान्तिपथस्थित आयोगको कार्यालय पुगेर उनीहरु गेटमै धर्ना बसेका हुन् । महिनौँसम्म सडकबाट आवाज उठाउँदा आफूहरुको मागप्रति राज्य उदासिन बनेकाले आयोगको ध्यानाकर्षण गराउन यस्तो गर्नुपरेको अभियन्ताहरुको भनाई छ ।
धर्नाअघि भृकुटीमण्डपबाट र्यालीसमेत निकालिएको थियो । खुट्टामा नेल लगाएका अभियानका संयोजक खगेन्द्र सुनारले नेतृत्व गरेको र्यालीमा अभियन्ता उमेश सुनार, रेम बराइलीसहित डेढ दर्जन सहभागी थिए ।
निर्वाचन आयोगको दैलोमा उनीहरुले 'दलितलाई खै ?', दलितको प्रतिनिधित्व सुनिश्चित हुने निर्वाचन कानुन खै ?' लेखिएका ब्यानर र प्लेकार्ड देखाएका छन् ।
तस्बिरहरु
टिप्पणीहरू