गृहमन्त्रीको कुरो सुनेपछि सशस्त्रका जवान फुरुङ्ग
गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल नेपालका जवानहरुले छिट्टै १६ वर्षमा अवकाश पाउने बताउनुभएको छ । सशस्त्र प्रहरी बल, नेपालको प्रस्तावित अध्यादेशमा उक्त व्यवस्थत गर्न लागिएको सुनाएपछि जवानहरु दंग भएका हुन् ।
सशस्त्र प्रहरी बल, नेपालको मुख्यालयमा आयोजित २४ औँ सशस्त्र प्रहरी दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले १६ वर्षको सेवापछि अवकाशमा जान पाउने प्रावधानलाई आफूले जसरी पनि लागु गराइछाड्ने बताउनुभएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई नीतिगत तथा कानुनी स्थिरतामा आफूले जोड दिएको उहाँले उल्लेख गर्नुभयो ।
मन्त्रीपछि बोल्दै सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले अन्तर्राष्ट्रिय सीमालाई सुरक्षित राख्न सशस्त्रले काम गरिरहेको बताउनुभयो । सीमा क्षेत्रमा हुने चोरीपैठारी तथा सीमापार अपराध नियन्त्रणको कार्यलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।
उहाँले दुई हजार ३०८ वटा वटा सीमा स्तम्भको मर्मत सम्पन्न गरिसकेको र सीमाक्षेत्रका बासिन्दासँगको समन्वयमा काम गरिएको उल्लेख गर्नुभयो ।
टिप्पणीहरू