रात परेपछि विदेश उडे झण्डै दुई सय सैनिक

रात परेपछि विदेश उडे झण्डै दुई सय सैनिक

कंगोमा तैनाथ संयुक्त राष्ट्र संघीय शान्ति सैनिक मिसनमा सहभागी हुन नेपाली सेनाका झण्डै दुई सय जना सैनिक आज त्यता गएका छन् । इथियोपियन एअरलाइन्सको चार्टर उडान नम्बर इटी ८७०१ मा राति सवा ८ बजे काठमाडौंबाट त्यता गएको बताइन्छ । 

सेनाको नम्बर २८ फिल्ड गुल्म, शान्ति सैनिकको २८ औं डफ्फा र भीमकाली गुल्म शान्ति सैनिकको चौथो डफ्फा त्यता गएको हो । सेनानी आनन्द लिम्बुको कमाण्डमा भीमकाली गुल्मका ९४ जना र २८ फिल्ड गुल्मका ९४ जना गरी कुल १८८ जना आज कंगो गएका हुन् । आजैको फ्लाइटमा बिदामा स्वदेश आएर मिसनतर्फ गएका नेपाली सेनाका दुई र नेपाल प्रहरीका तीन जना पनि त्यता गएको बताइन्छ ।

टिप्पणीहरू