पढ्न गएका सडकका कर्मचारीलाई स्पष्टीकरण
अध्यायन बिदा सकेर पनि काममा नफर्किएका सडक विभागका सबइञ्जिनियर अमोद पौडेललाई स्पष्टीकरण सोधिएको छ ।
विभागले आज सार्वजनिक सूचना निकालेर एक महिनाभित्र सन्तोषजनक स्पष्टीकरणसहित उपस्थित हुन भनेको हो । अन्यथा, भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने चेतावनी दिइएको छ ।
विभागका अनुसार पौडेलले २०७८ भदौ ७ गतेदेखि लागू हुने गरी तीन वर्षका लागि बेतलबी अध्ययन बिदा स्वीकृत गराएका थिए । बिदा सकिएर उनी गत भदौ ७ गते कार्यालयमा हाजिर हुनुपर्नेमा बिना सूचना हालसम्म अनुपस्थित रहेको विभागको भनाइ छ ।
टिप्पणीहरू