आगलागी नियन्त्रण नभएसम्म यात्रा नगर्न आग्रह
काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाले नारायणस्थान मन्दिर क्षेत्र आसपास यात्रा नगर्न आग्रह गरेको छ । अस्ति दिँउसोदेखि भएको आगलागी नियन्त्रणबाहिर पुगेपछि गाउँपालिकाले खानीखोला गाउँपालिका र बेथानचोकको सिमानामा पर्ने थामको लेक क्षेत्रमा यात्रा नगर्न आग्रह गरेको हो । गाउँपालिकाले विज्ञप्ति जारी गर्दै आगलागी नियन्त्रण नभएसम्म नारायणस्थान मन्दिरलगायत वडा नम्बर १, २, ३ र ५ का केही क्षेत्रमा यात्रा नगर्न सूचित गराएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यस बेथानचोक गाउँपालिकास्थित पर्यटकीय क्षेत्र नारायणस्थान मन्दिरलगायत वडा नं. १ २, ३ र ५ का केही क्षेत्रमा समेत जोखिममा रहेको हुँदा उक्त आगलागी नियन्त्रण नभएसम्म सो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलगायत कोही पनि सर्वसाधारणहरु नजान साथै उच्च सावधानी समेत अपनाउन अनुरोध छ ।’
टिप्पणीहरू