बग्गी चढेर चार राजदूत शीतल निवासमा
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न चार वटा मुलुकका नवनियुक्त राजदूतले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा एक आवासीय र तीन गैरआवासीय नेपाली राजदूतले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।
नेपालका लागि जापानका आवासीय राजदूत मेडा तोरुसहित तुर्कसेनिस्तानका गैरआवासीय राजदूत शालार गेल्डिनाजारोभ, लाओसका बाउन्मी भ्यान्मानी, इरानका डा.इराज इलाहीले ओहोदाको प्रमाणपत्र पेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार ओहोदाको प्रमाणपत्र पेश गर्नुपूर्व नवनियुक्त राजदूतहरुलाई होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो ।
टिप्पणीहरू