कृषि विज्ञ राई यौन दुर्व्यवहारमा दोषी ठहर

कृषि विज्ञ राई यौन दुर्व्यवहारमा दोषी ठहर

कृषि विज्ञका रुपमा परिचित मदन राई यौन दुर्व्यवहारको आरोपमा दोषी ठहरिएका छन् । आफैंले खोलेको 'शुभद्रा मदन फाउन्डेसन' मा अध्ययनरत किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको अभियोगमा जिल्ला अदालत खोटाङले उनलाई दोषी ठहर गरेको हो ।

गत बिहिबार न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले राईलाई  बाल यौन दुरूपयोगमा दोषी ठहर गरेको अदालतका सूचना अधिकारी सुदीप भट्टराईले जानकारी दिए । उनका अनुसार सजाय निर्धारण गर्न माघ २५ गते अर्को पेशी तोकिएको छ ।

देशकै पहिलो कृषि वैज्ञानिक भनिएका राई यौनका विषयमा खुला अभिव्यक्तिका कारण विवादसँगै चर्चामा आउने गरेका छन् । यौन र यौनांगका विषयमा उनले राख्ने फरक धारणालाई लिएर चर्को आलोचना हुने गरेको छ ।

एक समय उनी डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा समेत आवद्ध थिए । बाबुरामले विषय विज्ञतालाई जोड दिएर संगठन निर्माण गर्दा नयाँ शक्तिको विभागीय प्रमुख रहेका राईले दुई वर्षअघि सो पार्टी छोडेका हुन् ।

टिप्पणीहरू