बेचन विरुद्धको मुद्दामा ‘अन्य’ आदेश, पूर्व गृहसचिव हेर्न नमिल्नेमा

बेचन विरुद्धको मुद्दामा ‘अन्य’ आदेश, पूर्व गृहसचिव हेर्न नमिल्नेमा

सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त बेचन झाको कागजात मागाउन आदेश दिएको छ । न्यायाधीशद्वय सारंगा सुवेदी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले आज गरेको ‘अन्य’ आदेशमा उल्लेख छ ।

गत भदौ २ गते काठमाडौँ जिल्ला अदालतले उनलाई पूर्पक्षमा पठाउन आदेश दिएको थियो । तर झाले पूर्पक्षमा पठाउने जिल्लाको आदेश बदर गर्न मागसहित सर्वोच्चमा रिट हालेका थिए । उनको रिटमा सुनुवाई गर्दै सर्वोच्चले कागजात मागाउन आदेश दिएको हो । 

सोही प्रकरणका अर्का अभियुक्त पूर्व गृहसचिव टेकनारायण पाण्डेको मुद्दा भने हेर्न नमिल्नेमा राखिएको छ । उनको पेशी प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको इजालासमा परेका थियो । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा पाण्डेलाई पहिलो अभियोगपत्रमै प्रतिवादी बनाइएको थियो । झालाई भारतबाट पक्राउ गरेर नेपाल ल्याएपछि उनीविरुद्ध पूरक अभियोग दर्ता गरिएको थियो ।

टिप्पणीहरू