शीतलहर झेल्ने बाराका बिपन्नलाई कसले देला राहत ?

शीतलहर झेल्ने बाराका बिपन्नलाई कसले देला राहत ?
सुन्नुहोस्

तराईका विभिन्न  जिल्लामा अझै  शीतलहर चल्न रोकिएको छैन ।

चिसोबाट सबैभन्दा बढी विपन्न परिवार प्रभावित बनेका छन् । उनीहरुसामु आगो बालेर चिसो छल्नुको विकल्प छैन । अशक्त र असहायको अवस्था त झन कहालीलाग्दो छ ।

बाराको कोहल्बी नगरपालिका आसपास न्यानो ओढ्ने ओछ्याउने लत्ताकपडा,तातो र पोषिलो खानाको अभावमा विपन्न समुदायको जनजीवन कष्टपूर्ण छ ।

बालबालिका,वृद्ध र किरियापुत्रीलाई शीतलहरले निकै प्रभावित पारे पनि सम्बन्धित निकायबाट तत्काल  राहत उपलब्ध नहुँदा निराश छन् । तथ्याङ्कअनुसार मधेश प्रदेशमा दलित तथा विपन्नको जनसङ्ख्या १७.२७ प्रतिशत छ । 

विगतमा शीतलहरका बेला चिसोले कठ्याँग्रिएर मानिसको मृत्युसमेत भएको ठाउँमा सम्बन्धित निकाय रमिते बनेपछि स्थानीयको जीवन झनै कष्टकर बनेको छ ।

टिप्पणीहरू