काठमाण्डौबाट छुट्नासाथ भक्तपुर पुर्याइएकी आशिकाको बयान शुक्रबार
आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङ्गविरुद्ध भक्तपुर जिल्ला अदालतमा अभियोगपत्र दायर भएको छ । ‘अपराधिक उपद्रव गर्न नहुने’ कसूरमा उनीविरुद्ध आज जिल्ला सरकारी वकिल कार्यालय,भक्तपुरले अभियोगपत्र दायर गरेको हो ।
प्रहरी वृत्त,जगातीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले अभियोगपत्र दायर गरेको जिल्ला प्रहरी कार्यालय,भक्तपुरका नायव उपरीक्षक (डिएसपी) ढुण्डिराज न्यौपानेले बताए । आशिकाको बयान र थुनछेक शुक्रबार हुने उनले जानकारी दिए ।
‘जगाती प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले अभियोगपत्र दायर गरेको छ । आज बयान गर्न नभ्याइएपछि अदालतले प्रहरीकै जिम्मा लगाएर पठाएको छ । शुक्रबार बयान र थुनछेक बहसका लागि बोलाएको छ’,उनले भने ।
पशुपति क्षेत्र विकास कोषका कर्मचारीहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेकी आशिकालाई प्रहरीले कार्यालय प्रवेशमा रोक लगाएपछि आक्रोशित हुँदै भनेकी थिइन्,‘तपाईंहरु बढी नहुनुस्,दलालहरु...यो सरकारी कार्यालय हो, सरकारी समयमा जो पनि जान पाउँछ....समय कति भयो हेर त (कसैलाई निर्देशन दिँदै)।’
साँगास्थित कैलाशनाथ शिवको मन्दिर जाने बाटोमा निर्माण गरिएको झोलुङ्गे पुलमा रहेको काउण्टरबाट टिकट लिई जलाएर अपराधिक उपद्रव गरेको अधिकारीको आरोप छ । अधिकारीले उनलाई कानुनबमोजिम कारबाहीको माग गरेका छन् । यता,प्रहरीले फरार तिरुवाको खोजी रिरहेको छ ।
प्रहरीलाई ‘दलाल’ भनेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको हो । उनले अभद्र व्यवहार गरेको भन्दै प्रहरीले पुस २५ गते प्रहरी वृत्त, गौशालामा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । यता, कोषले पुस २६ गते उनीविरुद्ध जाहेरी दियो । पुस २८ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट पक्राउ पुर्जी लिएको प्रहरीले माघ २ गते समात्यो ।
काठमाण्डौ जिल्ला प्रशासनले हिजो १० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी बाहिरिएकी थिइन् । तर, जिल्ला प्रहरी परिसर,भक्तपुरमा पनि उनीविरुद्ध जाहेरी परेकाले गौशाला प्रहरीले त्यता पठायो । सूर्यविनायक नगरपालिकाका नगर प्रहरी प्रमुख वीरबहादुर अधिकारीले धादिङकी आशिका र शरण तिरुवाविरुद्ध जाहेरी दिएका थिए ।
साँगास्थित कैलाशनाथ शिवको मन्दिर जाने बाटोमा निर्माण गरिएको झोलुङ्गे पुलमा रहेको काउण्टरबाट टिकट लिई जलाएर अपराधिक उपद्रव गरेको अधिकारीको आरोप छ । अधिकारीले उनलाई कानुनबमोजिम कारबाहीको माग गरेका छन् । यता,प्रहरीले फरार तिरुवाको खोजी गरिरहेको छ ।
टिप्पणीहरू