वाशिंगटनको आकाशमा सेनाको हेलिकोप्टर ठोक्किँदा यात्रुवाहक विमान दुई टुक्रा

अमेरिकाको राजधानी वाशिङ्टन डीसीस्थित रोनल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको एउटा यात्रुवाहक विमानमा हेलिकोप्टर ठोक्किएको छ । अमेरिकन एअरलाइन्सको उक्त विमान विमानस्थल नजिकैको पोटोम्याक नदीमा दुई टुक्रा भएर खसेको छ ।
विमानमा चालकदलका चार र यात्रु ६० जना सवार रहेको बताइन्छ । क्यान्सास राज्यको विचिटाबाट वाशिंगटन आइरहेको विमान दुर्घटनामा परेको हो ।
दुर्घटनामा भएको हताहतबारे केही बताइएको छैन । विमान खसेको ठाउँमा खोजी र उद्धार थालिएको छ । तर, मौसम निकै चिसो भएकाले उद्धारमा कठिनाई भइरहेको समाचारमा जनाइएको छ ।
अमेरिकी अधिकारीहरूका अनुसार हेलिकोप्टरमा तीन सैनिक सवार थिए । हेलिकोप्टर भर्जिनियाको फोर्ट बेल्भोयरबाट उडेको थियो ।
टिप्पणीहरू