राजधानीलाई सेल्टर बनाउँदै ठगहरु

राजधानीलाई सेल्टर बनाउँदै ठगहरु
सुन्नुहोस्

बैंकिङ्ग कसूर मुद्दामा फरार सुष्मिता परियार पक्राउ परेकी छन् । जिल्ला अदालत सुर्खेतबाट बैंकिङ्ग कसूर मुद्दामा पक्राउ पूर्जी जारी भएपछि फरार उनलाई नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको जनाएको छ । 

बाँकेको बैजनाथ गाउँपालिका–३, गाभर घर भएकी उनी काठमाडौंको अनामनगर बस्दै आएको प्रहरीले जनाएको छ । उनी २५ लाख रुपैयाँ बिगो तोकिएको बैंकिङ्ग कसूरसम्बन्धी मुद्दामा फरार अभियुक्त हुन् । उनलाई पक्राउपछि आवश्यक कारबाहीका निम्ति जिल्ला प्रहरी कार्यालय सुर्खेत पठाइएको छ । 

यसै क्रममा प्रहरीले बैंकिङ्ग कसूर मुद्दामा फरार अर्का प्रतिवादीलाई पनि समातेको छ । नुवाकोटको बेलकोटगढी गाउँपालिका–७, घर भई हाल काठमाडौं महानगरपालिका–१३, बाफल बस्दै आएका सुशिल नेपाल पक्राउ परेका हुन् । 

काठमाडौं जिल्ला अदालतबाट बैंकिङ्ग कसूर मुद्दामा पक्राउ पूर्जी भई फरार रहेका उनलाई आज बिहान राजधानीको बाफलबाट नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । नेपाललाई आवश्यक कारबाहीका निम्ति प्रहरी वृत्त बालाजुमा राखिएको छ ।

टिप्पणीहरू