रुस–युक्रेन युद्धमा फसेका दुई नेपालीको उद्धार

रुस–युक्रेन युद्धमा फसेका दुई नेपालीको उद्धार

रुस–युक्रेन युद्धमा फसेका दुई नेपालीको उद्धार गरिएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष सहयोगमा उद्धार गरी आज नेपाल फर्काइएको हो । दिउँसो १ बजेर ५१ मिनेटमा एयर इन्डियाको उडान नम्बर एआई २१७ मार्फत युक्रेनबाट नेपाल फिर्ता ल्याएको जनाइएको छ ।

नेपाल फर्काइएकामा दोलखाका शेर स्याङ्वो शेर्पा र तेह्रथुमका फुर्वा शेर्पा रहेका छन् । बैदेशिक रोजगारीका लागि नेपालबाट माल्दोभा पुगेका उनीहरु स्थल मार्ग हुँदै युक्रेन छिरेको बताइएको छ ।  

एनआरएनएका प्रेस संयोजक इन्द्रलक्ष्मी घिमिरे गैरेसहितको टोलीले उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।


 

टिप्पणीहरू