भक्तपुरमा पहिले मेयरलाई, पछि अरुलाई

भक्तपुरमा पहिले मेयरलाई, पछि अरुलाई

भक्तपुर नगरपालिकाले राष्ट्रिय परिचयपत्र वितरण गर्न थालेको छ । वडा नम्बर २, स्थित नगरपालिकाको कार्यालयबाट आजदेखि परिचयपत्र वितरण गर्न थालिएको छ ।

नगर प्रमुख सुनिल प्रजापतिले सबैभन्दा पहिला परिचयपत्र प्राप्त गरेपछि अन्य सेवाग्राहीलाई वितरण गरिएको बताइन्छ । नगरपालिकाका अनुसार राष्ट्रिय परिचयपत्र लिन आउँदा सेवाग्राहीले फोटो खिचाउँदा प्राप्त गरेको आवेदन रुजु फाराम (कन्फरमेसन पेज) अथवा मोबाइलमा आएको एसएमएसका साथै आफ्नो परिचय खुल्ने कागजात साथमा ल्याउनुपर्छ । 

ज्येष्ठ नागरिकको हकमा पनि ती कागजातका साथै निजको संरक्षक अनिवार्य रुपमा उपस्थित हुनुपर्ने छ ।

टिप्पणीहरू