नयाँ दिल्लीको रेल स्टेसनमा भागदौड, डेढ दर्जनको मृत्यु

भारतको राजधानी नयाँ दिल्लीस्थित एउटा रेल स्टेसनमा भएको भागदौडमा १८ जनाको मृत्यु भएको छ । गएराति ९ बजे भएको घटनामा मारिएकामध्ये कम्तीमा १० जना महिला र तीन बालबालिका रहेको बताइएको छ ।
दिल्ली प्रहरीका अनुसार प्रयागराजको कुम्भमेलामा जान लागेका यात्रुहरुबीच भागदौड मच्चिएको थियो ।
टिप्पणीहरू