गाँजाले नजिक्याएको ट्रम्प र पुटिनको सम्बन्ध

युक्रेन युद्ध रोक्न अमेरिकी र रुसी अधिकारीहरुले साउदी अरेबियामा भेटघाटको तयारी थालेका छन् । उक्त वार्तामा युक्रेनका अधिकारीहरुलाई वास्ता गरिएको छैन । युक्रेनका लागि अमेरिकी विशेष दूत किथ केलगले साउदी अरबमा हुन लागेको वार्तामा युक्रेनी अधिकारीहरु सहभागी हुने बताए पनि युक्रेनले त्यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।
युरोपका कुनै पनि मुलुकलाई उक्त वार्तामा आमन्त्रण नगरिएकाले फ्रान्सका राष्ट्रपतिले राजधानी पेरिसमा युरोपेली नेताहरुलाई छलफलको निम्ति आमन्त्रण गरेका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने युक्रेनले बाहिर राखेर गरिने शान्ति सम्झौतालाई अस्वीकार गर्ने चेतावनी दिएका छन् । उनको भनाई छ, ‘आफ्नो देशबारे निर्णय गर्ने अधिकारी अमेरिका र रुसलाई छैन ।
मध्यपूर्वका लागि अमेरिकी दूत स्टिभ विट्कफ वार्ताको निम्ति साउदी अरब पुगिसकेका छन् । गतसाता मस्कोमा उनले रुसी राष्ट्रपतिसँग तीन घण्टा भेट गरेका थिए ।
अर्बपति स्टिभ घरजग्गा व्यवसायी तथा ट्रम्पका अनन्य मित्र हुन् । स्टिभका एक जना मित्र मस्कोमा गाँजा ओसारपसारमा संलग्नको आरोपमा जेलमा छन् पेशाले शिक्षक ती मित्रलाई रुसी जेलबाट बाहिर ल्याउन स्टिभले दिलोज्यान दिएका हुन् ।
टिप्पणीहरू