जेलेन्स्की बिना चुनावको तानाशाह हो : डोनाल्ड ट्रम्प

जेलेन्स्की बिना चुनावको तानाशाह हो : डोनाल्ड ट्रम्प

'सोच्नुस् त,एक मध्यम सफल हास्य कलाकार, भोलोदिमिर जेलेन्स्कीले संयुक्त राज्य अमेरिकाले ३५० अर्ब डलर खर्च गरेको विषयमा कुरा गरेका छन् । त्यो पनि त्यस्तो युध्द जो जित्न सकिँदैनथ्यो,जुन कहिल्यै सुरु हुनु हुँदैनथ्यो, त्यस्तो युद्ध जो उनी, अमेरिका र ट्रम्पले कहिल्यै समाधान गर्न सक्ने छैनन् । अमेरिकाले युरोपभन्दा २०० अर्ब डलर बढी खर्च गर्यो र युरोपियन पैसाको ग्यारेन्टी गरिएको थियो,जबकि अमेरिकाले केही पनि फिर्ता पाउने छैन । यो युद्ध हाम्रो लागि भन्दा युरोपको लागि धेरै महत्त्वपूर्ण भए पनि जो बाइडेनले किन समानताको माग गरेनन् ? जेलेन्स्कीले पनि स्वीकार गरेका छन् कि हामीले पठाएको आधा पैसा हराएको छ ।

अमेरिकाले केही पनि फिर्ता पाउने छैन । यो युद्ध हाम्रो लागि भन्दा युरोपको लागि धेरै महत्त्वपूर्ण भए पनि जो बाइडेनले किन समानताको माग गरेनन् ? जेलेन्स्कीले पनि स्वीकार गरेका छन् कि हामीले पठाएको आधा पैसा हराएको छ ।

अर्कोतर्फ जेलेन्स्कीले चुनाव गराउन अस्वीकार गरे । जेलेन्स्की चुनाव बिनाको तानाशाह हो । उसले छिटो अगाडि बढे राम्रो हुन्छ । नत्र भने,तिनीहरूको कुनै देश बाँकी रहनेछैन । हामी युद्ध अन्त्य गर्न रुससँग सफलतापूर्वक वार्ता गरिरहेका छौं । सबैले विश्वास गर्छन् कि ट्रम्प र ट्रम्प प्रशासनले मात्र यो गर्न सक्छ । बाइडेनले कहिल्यै युद्ध अन्त्य गर्न खोजेनन् । युरोप शान्ति ल्याउन असफल भएको छ, र जेलेन्स्की सम्भवतः ग्रेभी ट्रेन चलाइराख्न चाहन्छन् । मलाई युक्रेन मन पर्छ,तर जेलेन्स्कीले भयानक काम गरेका छन्,उनको देश टुक्रिएको छ र लाखौं मानिसहरू अनावश्यक रूपमा मरेका छन् र यो जारी छ ।'


 

टिप्पणीहरू