पेरिसमा यसकारण टपलेस प्रदर्शन

फ्रान्सको राजधानी पेरिसमा महिलाहरुले गरेको टपलेस प्रदर्शनको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । उक्त प्रदर्शन किन र कहिले ? भन्नेबारे अन्तराष्ट्रिय मिडियाले फरक-फरक खबर सार्वजनिक गरिरहेका छन् ।
कुर्दिश महिलाले बुर्काविरुद्ध प्रदर्शन गरेको भन्दै विभिन्न टिकाटिप्पणी भइरहँदा वास्तविकता भने अर्कै फेला परेको छ । फ्याक्ट चेकिङ गर्ने बुमका अनुसार तीन महिना पुरानो भिडियो अहिले समाजिक सञ्जालमा भाइरल भएको हो । र, उक्त भिडियोमा टपलेस प्रदर्शन गर्ने महिलाहरु ‘कुर्दिश’ नभएर नारीवादी समूह ‘फिमेन’का सदस्य हुन् ।
खासमा सन् २००८ तिर युक्रेनमा अवैध यौन पर्यटनको विरोध गर्न अन्ना हुत्सोलले पहिलोपल्ट फिमेन समूह बनाएकी थिइन् । कट्टर नारीवादी समूह मानिने फिमेनले पछिल्लो समय फ्रान्समा सक्रिय रहेर महिला अधिकार र लैंगिक हिंसाविरुद्धको आवाज उठाउँदै आएको छ ।
सोही फिमेनले महिलामाथि हुने घरेलु हिंसाविरुद्ध गत वर्ष नोभेम्बर २४ मा पेरिसको चर्चित संग्राहलय लुभ्र अगाडि दबाबमूलक टपलेस प्रदर्शन गरेको थियो । प्रदर्शनमा सयभन्दा बढी फिमेन सदस्यहरु सहभागी रहेको बताइन्छ ।
कालो प्यान्ट लगाएका र खुला वक्षस्थलसहित प्रदर्शनमा उत्रिएका महिलाले फ्रेन्च भाषामा ‘महिला, जीवन, स्वतन्त्रता’काे नारा घन्काएको भिडियोमा देख्न सकिन्छ । कतिपयले कालो जालीदार कपडा हातमा बाँधेका छन् ।
फिमेन समूहले यसअघि अत्याधिक महिला हिंसा हुने अफगानिस्तान, इरान, इराक, कुर्दिस्तान, युक्रेन, प्यालेस्टाइन, इजरायल, सुडान, लिबियालगायतमा देशमा पनि टपलेस प्रदर्शन गरिसकेको छ ।
टिप्पणीहरू