पेरिसमा सुनाइयो नेपालमाथि खतराको फैसला

पेरिसमा सुनाइयो नेपालमाथि खतराको फैसला
सुन्नुहोस्

नेपाललाई फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ) ले आजदेखि दुई वर्षको निम्ति ‘ग्रे लिस्ट’मा राखेको छ । फ्रान्सको राजधानी पेरिसमा आयोजित एफएटिएफको बैठकले दोस्रो पटक नेपाललाई उक्त लिस्टमा निरन्तरता दिएको हो । यसअघि नेपाल सन् २००९ देखि २०१४ सम्म परेको थियो ।

नेपालसँगै लाओस पनि ग्रे लिस्टमा परेको छ भने यसअघि उक्त सूचीमा रहेको फिलिपिन्स सम्पत्ति शुद्धिकरणलगायत कानुनको पर्याप्त तर्जुमा र कार्यान्वयन गरेका कारण हटेको छ ।

आगामी दुई वर्षसम्म पनि नेपालले त्यससम्बन्धी कानुन तर्जुमा र कार्यान्वयन पक्षलाई थप बलियो नबनाए कालोसूचीमा पर्ने सम्भावना रहन्छ । पछिल्लो समय नेपालमाथि भ्रष्टाचार नियन्त्रण गर्न नसकेको, प्रभावकारी कर नीति कार्यान्वयन नगरेको,वित्तीय अपराध रोक्न नसकेको, अनौपचारिक क्षेत्रमा वित्तीय कारोबार बढेको आरोप लाग्दै आएको छ ।

 

टिप्पणीहरू