१५ दिनका लागि पेट्रोलियम पदार्थको भाउ घट्यो

नेपाल आयल निगमले मध्यरातदेखि पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाउने निर्णय गरेको छ । भारतीय आयल कपोरेसनबाट पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटेर आएकाले पेट्रोल प्रतिलिटर ५ रुपैयाँ र डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ४ रुपैयाँ घटाइएको जानकारी दिइएको छ ।
नयाँ भाउ अनुसार अब काठमाडौं उपत्यका र वरपरका जिल्लामा पेट्रोल प्रतिलिटर १६३ र डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १५१ तोकिएको छ । खाना पकाउने एलपीजी ग्यास, हवाई इन्धनको भाउ हाललाई यथावत राखिएको निगमले जनाएको छ ।
टिप्पणीहरू