संसद बैठकमा तीन वटा विधेयक प्रस्तुत गरिँदै

संसद बैठकमा तीन वटा विधेयक प्रस्तुत गरिँदै फाइल फाेटाे
सुन्नुहोस्

संघीय संसद् अन्तर्गत प्रतिनिधिसभामको आजको बैठकमा तीन वटा विधेयक प्रस्तुत गरिँदै छ । संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे डाकिएको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची राखिएको छ ।

त्यस्तै ‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव र ‘आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

टिप्पणीहरू